ब्याटिङ नचल्दा पराजित भयौँः निर्देशक चौधरी

काठमाडौँ । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ ।

आज सम्पन्न पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन पनि उपाधि नजिक पुगेको हो । पराजित विराटनगरले भने दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।

आजको खेलपछि विराटनगरका निर्देशक दीपेन्द्र चौधरीले ब्याटिङ नचल्दा पराजित हुनुपरेको बताए । अस्ती हाम्रो दिन थियो, आज सुदूरको दिन रह्यो । उहाँले भन्नुभयो, “ब्याटिङमा हामी चल्न सकेनौँ, त्यसको नतिजा सुदूरपश्चिमको पक्षमा पर्यो ।’

आजको खेलमा भएका कमीकमजोरी सुधार गरेर अर्को खेलमा सुधार गर्ने बताए ।

यता सुदूरपश्चिमका विदेशी खेलाडी स्कट कुगेलेइनले भने यसपटकको उपाधि आफूहरूले जित्ने बताए ।

उनले भने ‘लगातार दोस्रो पटक फाइनल पुगे पनि यसपल्ट उपाधि सुदूरपश्चिमले जित्ने हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =