विजयको शक्तिपीठ नुवाकोट भगवती (फोटो फिचर)

काठमाडौँ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट कब्जा गरेपछि यहाँको भगवती देवीलाई कुलदेवताका रूपमा अंगीकार गरेका थिए ।

यो शक्तिशाली शक्तिपीठ त्रिशूली नदीको काखमा डाँडामा अवस्थित छ । जसलाई नवदुर्गाका रूपमा पूजा गरिन्छ । प्रत्येक ठुला युद्धअघि शाह यहाँ बलि दिएर विजयको आशीर्वाद माग्ने प्रचलन थियो । जसले यसलाई गोर्खाली शासनको प्रतीक बनायो । प्यागोडा शैलीको यो मन्दिरमा भगवतीको मुख्य मूर्तिसँगै भैरव, गणेश र कुमारका साना मन्दिरहरू छन् ।

काठमाडौँबाट ७५ किमी टाढा रहेको यो स्थल साततले दरबार र त्रिशूली दृश्यसँगै पर्यटकीय आकर्षण पनि हो । मन्दिर व्यवस्थापन समितिकाअनुसार यो काठमाडौँ उपत्यकाबाहिरको सबैभन्दा चर्चित शक्तिपीठ हो । जसले नेपाली इतिहास र शक्ति आराधनाको जीवन्त स्मृति बोकेको छ ।

तस्बिरहरू:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =