यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ । तर, पाउन्ड, कुवेती दिनारसहित केही मुद्रा भने महँगिएका छन् ।

आज अमेरिकी डलर १ को खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्री दर १४३ रुपैयाँ ०६ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ ०८ पैसा थियो ।

यही मंसिर ८ गते अमेरिकी डलर १ को खरिद दर १४२ रुपैयाँ ८८ पैसा र बिक्री दर १४३ रुपैयाँ ४८ पैसा पुगेको थियो । अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो । त्यसैगरी आज युरो १ को खरिद दर १६४ रुपैयाँ २८ पैसा र बिक्री दर १६४ रुपैयाँ ९८ पैसा छ । हिजो युरो १ को खरिद दर १६४ रुपैयाँ ४४ पैसा र बिक्री दर १६५ रुपैयाँ १३ पैसा थियो ।

आज पाउन्ड स्टर्लिङ १ को खरिद दर १८६ रुपैयाँ ८४ पैसा र बिक्री दर १८७ रुपैयाँ ६२ पैसा छ । हिजो पाउन्ड स्टर्लिङ १ को खरिद दर १८६ रुपैयाँ ५६ पैसा र बिक्री दर १८७ रुपैयाँ ३५ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैयाँ ८४ पैसा र बिक्री दर ९२ रुपैयाँ २३ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैयाँ ९० पैसा र बिक्री दर ९२ रुपैयाँ २९ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिद दर ४६३ रुपैयाँ ७४ पैसा र बिक्री दर ४६५ रुपैयाँ ६९ पैसा छ । हिजो कुवेती दिनार १ को खरिद दर ४६३ रुपैयाँ ५० पैसा र बिक्री दर ४६५ रुपैयाँ ४५ पैसा थियो । आज बहराइन दिनार १ को खरिद दर ३७७ रुपैयाँ ८८ पैसा र बिक्री दर ३७९ रुपैयाँ ४७ पैसा छ ।

हिजो बहराइन दिनार १ को खरिद दर ३७७ रुपैयाँ ९३ पैसा र बिक्री दर ३७९ रुपैयाँ ५२ पैसा थियो । यो विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =