उद्योगीहरुलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : घिमिरे

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले उद्योगी व्यवसायीहरुलाई कर्मचारीहरुले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी रहेको बताएका छन् ।

उद्योग दिवसका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीतन्त्र अब पनि पुरानै तवरले चलेर नहुने बताए ।

सचिव घिमिरेले कर्मचारीहरुले व्यवसायीहरुलाई अधिकतम सहजिकरण गर्नुपर्नेमा अझै त्यसो हुन नसकेको बताए । निजी क्षेत्रले पनि उद्यमशीलताको हिसावले सोच्न जरुरी रहेको उनको भनाइ छ ।

उद्योग सचिव कृष्णबहादुर राउतले औद्योगिक नीतिलाई अब बदल्ने बेला आएको बताए ।

उनकाअनुसार विश्व परिवेश दिनदिनै परिवर्तन भएकाले त्यसलाई सम्बोधन गरेर नयाँ नीति ल्याउनुपर्ने आवश्यकता छ र सोहीअनुसार मन्त्रालयले काम गरिरहेको छ । ‘अलि पुरानो २०६७ सालको औद्योगिक नीतिलाई परिमार्जनको हिसाबले हामीले काम गरिरहेका छौं । गत वर्ष सातै प्रदेशमा काम गरेका थियौँ । यो वर्ष अन्तिम रुप दिइनेछ’ उनले भने ।

उद्योग विकास रणनीति ल्याएर उद्योग क्षेत्रको विस्तारका लागि काम अघि बढाइने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =