सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठक सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा जारी छ ।

बाराको सिमरामा उत्पन्न परिस्थितिको समीक्षा र त्यसको समाधानको उपायहरू छलफल गर्ने बैठकको प्रमुख एजेन्डा छ ।

यसअघि, हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को एक बैठक बसेको थियो । बैठकमा सिमरामा भएको घटनाबारे गम्भीर विचार विमर्श भएको बताइएको छ ।

सिमरामा राति जेनजी समूहका युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरू सिमरा जान लागेपछि विरोध स्वरूप ती युवाहरूले सडकमा आगजनीसमेत गरेका थिए । यसपछि अवस्था तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =