पर्यटन प्रवर्द्धनको रणनीति बनाउन सरोकारवालाहरूसँग छलफल सुरु

काठमाडौँ । नेपालको पाँच वर्षे पर्यटन रणनीति बनाउन सरोकारवालाहरू छलफल सुरु गरेका छन् ।

बिहीबारबाट काठमाडौँस्थित एक होटलमा नेपाल पर्यटन बोर्ड र युएनडिपीले संयुक्त रूपमा सरोकारवालाहरूसँग छलफल सुरु गरेका हुन् ।

नेपालमा २०१५ देखि पर्यटन रणनीति बन्न नसकेको बताउँदै सरोकारवालाहरू यसअघि पनि युएनडिपीसँग मिलेर नेपालको पर्यटन प्रवर्द्धन गरिएको र अब पनि पाँच वर्षे रणनीति बनाउने काममा अग्रसर भएको बताए ।

नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्य ऋषि भण्डारीले बोर्डले नेपालको आन्तरिक र बाह्य पर्यटन प्रचार प्रसारका लागि युएनडिपीसँग मिलेर सस्टेनेबल टुरिजम प्रोजेक्ट ९एसटिपी० सञ्चालन गर्दै आएको बताए ।

विगत एक वर्षमा सस्टेनेबल प्रोजेक्टबाट के कति कामहरू भए ? कसरी सहकार्य भएको छ ? यसले कुन ठाउँमा के कस्ता गतिविधि सञ्चालन गरेको छ ? भन्नेबारेमा छलफल सुरु गरेको बताए । एसटिपीबाट हाम्रा दुर्गम क्षेत्रका केही ट्रेकिङ ट्रेलहरूका पूर्वाधार विकासबारे पनि छलफल भइरहेको बताए ।

उनले भने ‘नेपाल पर्यटन बोर्डले जुन आफ्नो जिम्मेवारी पाइरहेको छ । नेपालको आन्तरिक तथा बाह्य रूपमा प्रचारप्रसार प्रवर्द्धक । यसै सन्दर्भमा बोर्डले युएनडिपीसँग मिलेर सस्टेनेबल टुरिजम प्रोजेक्ट (एसटिपी) सञ्चालन गर्दै आएको छ । यस पहिला पनि पाँच वर्ष गरेका थियौँ । अहिले फेरि ३ वर्ष भनेर सस्टेनेबल टुरिजम प्रोजेक्टका कार्यक्रमहरू नेपाल पर्यटन बोर्डले अघि बढाएको छ । विगत एक वर्षमा सस्टेनेबल प्रोजेक्टबाट के कति कामहरू भए ? कसरी सहकार्य भएको छ ? यसले कुन ठाउँमा के कस्ता गतिविधि सञ्चालन गरेको छ ? भनेर अपडेट कार्यक्रम हो । एसटिपीबाट हाम्रा दुर्गम क्षेत्रका केही ट्रेकिङ ट्रेलहरूका पूर्वाधारमा, त्यहाँका मानिसलाई पर्यटनसम्बन्धी गतिविधिबारे चेतना दिने कार्यक्रम, गाइड, हिमाल आरोहण, होटेल सर्भिसहरूमा गर्ने व्यवहारसम्बन्धी तालिम दिँदै आएको छ ।’

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणि लामिछानेले पर्यटन बोर्ड कुन हिसाबको योजना बनाएर जाँदा उपयुक्त हुन्छ भन्नेबारेमा रणनीति बनाउन छलफल गरिएको बताए । उनले छलफलले आगामी दिशा निर्देश गर्ने विश्वास व्यक्त गरे ।

उनले भने ‘पर्यटन बोर्डले कुन हिसाबको योजना बनाएर जाँदा उपयुक्त हुन्छ भनेर यो आगामी पाँच वर्षसम्मको योजना बनाउन कार्यक्रम गरिएको हो । यसले आगामी दिशा निर्देश गर्दछ । हालै सरकारले पोखरालाई पर्यटनको राजधानी भनेर घोषणा गरेको छ ।’

त्यस्तै नेपाल पर्यटन बोर्डका टुरिजम मार्केटिङ एण्ड प्रमोसन डिपार्टमेण्ट निमित्त निर्देशक रोहिणी खनालले नेपालको पर्यटनलाई आगामी दिनहरूमा कुन स्तरमा अघि बढ्ने भन्ने रणनीति बनाउन छलफल सुरु गरिएको बताए । उनले कस्तो रणनीति अपनाउँदा धेरै पर्यटक ल्याउन सकिन्छ भन्नेबारे छलफल गरिएको बताए ।

उनले भने ‘नेपालको पर्यटनलाई आगामी दिनहरूमा कुन स्तरमा अघि बढ्ने भन्ने रणनीति बनाउने हो । कस्तो रणनीति अपनाउँदा धेरै ल्याउन सकिन्छ भन्ने हो । यसले अहिलेको पर्यटन कस्तो छ, अहिलेको ट्रेण्ड के छ रु त्यसबारे अध्ययन गरेर अघि कसरी बढ्ने र पाँच वर्षमा कहाँ पुग्ने भन्ने हो ।’

नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर श्रद्धा श्रेष्ठले बोर्डले आगामी पाँच वर्षका लागि पर्यटन स्टाटेजिक मार्केटिङ योजना बनाइरहेको बताइन् । २०१५ देखि मार्केटिङ योजना बनाउन नसकिएको भएपनि अब सरोकारवालाहरूसँग छलफल गरेर रणनीति बनाउन लागेको बताइन् । बाह्य मात्रै नभई आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि आफूहरूले काम गरिरहेको बताइन् ।

उनले भनिन् ‘पर्यटन स्टाटेजी मार्केटिङ योजना बनाउँदैछौँ । २०१५ देखि यो स्टाटेजीक मार्केटिङ प्लान थिएन । हामीले आज विभिन्न स्टेक होल्डरलाई बोलाएर स्टाटेजिक प्लान कस्तो हुनुपर्छ भनेर छलफल गरिरहेका छौँ । दीगो पर्यटनका लागि काम गरिरहेका छौँ । बाह्य मात्रै नभई आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि जोड दिइएको छ ।’

त्यस्तै नेपाल पर्यटन बोर्ड र युएनडिपीद्वारा संयुक्त रूपमा सञ्चालित दिगो पर्यटन परियोजनाका प्रोजेक्ट म्यानेजर धर्म दवाडीले नेपाल पर्यटन बोर्डको मुख्य उद्देश्य नेपालको पर्यटनलाई विश्व बजारीकरण गर्नु भएको बताइन् । त्यसलाई नै अझ तीव्रताका साथ अघि बढाइरहेको उनको भनाइ छ । सरी व्यवस्थित गर्ने भन्नेबारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको बताए ।

उनले भने ‘नेपाल पर्यटन बोर्डको मुख्य उद्देश्य नेपालको पर्यटनलाई विश्व बजारीकरण गर्ने हो । बजारीकरणमा धेरै एग्रेसिप रूपमा लागिरहनुभएको छ । अझै तीव्र रूपमा कसरी अघि बढाउने र कसरी व्यवस्थित गर्ने भन्ने रणनीति बनाउन स्टक होल्डरहरूसँग छलफल गरिरहेका छौँ । अन्तर्राष्ट्रिय र आन्तरिक रूपमा कसरी अघि बढाउने भन्नेमा छलफल गरिरहेका छौँ ।’

उनले राष्ट्रिय स्तरका पदमार्गहरूमा सेवा सुविधा बढाउने र स्तरोन्नति गर्नेबारे छलफल भइरहेको बताए । अपि, सैपाल, मनास्लु र कञ्चनजंगा ट्रेलको सुधारमा पर्यटन बोर्ड लागिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + six =