ताप्लेजुङको तेम्बा बजारका चार घर जले
२०८२ मंसिर ३ गते

फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेका छन् । गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् ।
चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् । पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ ।
२०८२ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








