शीर्ष क्रममा साथ नहुँदा हार व्यहोर्‍यौँ : अनिल साह

काठमाडौं । जनकपुर रोयल्सका कप्तान अनिल साहले शीर्ष क्रमका ब्याटरले ओपनर आसिफ शेखलाई साथ दिन नसक्दा हार बेहोर्नु परेको बताएका छन् ।

उद्घाटन खेलमा सोमवार काठमान्डु गोखार्जसँगको हारबाट जनकपुरले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण सुरुआत गरेको छ ।

उक्त हारपछि कप्तान अनिल साहले शीर्ष क्रमका ब्याटरबाट राम्रो साथ नहुँदा हार व्यहोरेको बताएका छन् ।

राम्रो साझेदारी गर्न नसक्दा ब्याटिङ दबाब भएको उनले उल्लेख गरे । शुरुवात राम्रो हुन नसक्दा एक सय ६० रन बनाउने लक्ष्य पूरा नभएको उनको भनाइ थियो ।

आफूहरूले दिएको लक्ष्य धेरै न्युन रहेको पनि उनले उल्लेख गरे । निरन्तर विकेट गइरहँदा पनि साझेदारी बन्न नसक्नु खराब पक्ष रहेको उनको भनाइ छ । पिचले स्पिनरलाई केही मद्दत गरेको कप्तान अनिलले बताएका छन् ।

डिफेन्डिङ च्याम्पियन भएकाले आफूहरूमा कुनै दबाब नरहेको उनले स्पष्ट पारेका छन् । यद्यपि, उपाधि रक्षा गर्ने तरिकाले बाँकी खेल खेल्ने उनी बताउँछन् । दोस्रो खेलका लागि पनि समय रहेकाले सुधार हुने उनको अपेक्षा छ ।

पहिलोपल्ट फ्लड लाइटमा क्रिकेट खेल्न पाउँदा धेरै खुसी लागेको उनले उल्लेख गरे । जितपछि काठमान्डु गुर्खाजका कप्तान करण केसीले समग्र टिम इफोर्ट राम्रो हुँदा सुखद सुरुआत भएको बताएका छन् । उनले टियु मैदानमा पिच बुझ्न गाह्रो हुने पनि उल्लेख गरे ।

त्यसैले पनि टस जितेपछि बलिङ गर्ने निर्णय गरेको उनले प्रष्ट्याए । पहिलो संस्करण नेट रनरेटका कारण प्लेअफमा पुग्ने नसके पनि यसपल्ट राम्रो गर्दै दोस्रो चरणमा पुग्ने उनको विश्वास छ ।

स्पिनरलाई राम्रो साथ नपाउने अनुमान गरे पनि फरक परिस्थिति बनेको उनले उल्लेख गरेका छन् । एक सय ३१ रनको लक्ष्य भेट्टाउन सहन आकंलन गरिए पनि त्यति सहज भने नभएको उनले उल्लेख गरे । पहिलोपल्ट डे÷नाइट क्रिकेट सुरु हुनु र त्यसमा जित निकाल्नु सुखद पक्ष रहेको उनको धारणा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nineteen =