एनपिएलको उद्घाटनमा २ हजार बढी सुरक्षाकर्मी परिचालन
२०८२ मंसिर १ गते

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार आज नेपाल प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको छ ।
आज जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच उद्घाटन खेल हुँदैछ । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
२०८२ मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित








