नेपाल प्रिमियर लिग कान्तिपुर प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । सोमबारदेखि सुरु हुँदै गरेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का खेलहरू कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ । नेपालभरिका दर्शकले टेलिभिजनमार्फत एनपिएलका सबै खेल लाइभ हेर्न सक्नेछन् ।

विदेशमा बसोबास गर्ने दर्शकका लागि भने स्टार स्पोट्र्समार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै इन्टरनेट प्रयोगकर्ताले डिशहोम गो एपमार्फत सशुल्क रूपमा खेल हेर्न सक्नेछन् ।

यसपटक कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रात्रीकालीन खेल पनि हुने भएका छन् ।

नेपालमा पहिलोपटक फ्लडलाइटको मुनि व्यावसायिक क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो, जसले प्रतियोगिताप्रति दर्शकको आकर्षण अझ बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 1 =