गृहमन्त्री अर्याल र नेपालका लागि बेलायती राजदूतबीच शिष्टाचार भेट
२०८२ कार्तिक २८ गते

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबिच पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे विमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसक्रममा मन्त्री अर्यालले जेनजी विद्रोहपछिको सङ्क्रमणकालीन अवस्थालाई सामान्यीकरण गर्न सरकारले प्रयास गरिरहेको बताए ।
राजदूत फेनले नेपालमा आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बेलायतको आवश्यक सहयोग रहने विश्वास दिलाए ।
उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने बताए ।
२०८२ कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित








