एनपीएल प्रसारण अधिकार वितरणमा अनियमितता गरेको भन्दै क्यानविरुद्ध अख्तियारमा निवेदन

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध एमएसएम भिडियो एपले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) प्रसारण अधिकार वितरणमा अनियमितता र नीति–स्तरको भ्रष्टाचार गरेको भन्दै एपले उक्त निवेदन दिएको हो ।

डिशहोम र एमएसएमबाट प्राप्त प्रस्तावमध्ये क्यानले डिशहोमलाई ओटीटी अधिकार दिएको थियो ।

क्यानले एनपीएलको लाइभ स्ट्रिमिङ र ओटीटी प्रसारण अधिकार टेण्डर मूल्याङ्कनमा मिलेमतो र आर्थिक स्वार्थमा आधारित निर्णय गरेको निवेदनमा उल्लेख छ ।

निवेदकमा अख्तियारसमक्ष उक्त टेण्डर प्रक्रिया छानबिन गर्न, मूल्याङ्कन समितिका सदस्यबीचको सम्भावित मिलेमतो सार्वजनिक गर्न, छानबिन पूरा नहुँदासम्म टेण्डर रोक लगाउन र दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।

‘क्यानको यस्तो निर्णयले संस्थाको वित्तीय हितमाथि मात्रै होइन, क्रिकेट प्रशासनको पारदर्शिता र विश्वसनीयतामाथि पनि प्रश्न उठाएको छ ।’निवेदनमा भनिएको छ ।

साथै आईसीसीको एन्टी करप्सन युनिटमा पनि निवेदन दिइएको छ ।

पढ्नुहोस्, क्यानविरुद्ध अख्तियारमा दिइएको निवेदन:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nine =