सीजीद्वारा नेपालकै पहिलो एआई सञ्चालित ‘एयर फ्रायर’ सार्वजनिक

काठमाडौँ । सीजीले आफ्नो घरायसी उपकरण ब्रान्ड अन्तर्गत नेपालकै पहिलो AI सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

आधुनिक नेपाली भान्साको सुविधा, समय बचत र र स्वास्थ्यलाई ध्यानमा राख्दै गरिएको CG Meridia Smart Air Fryer मोडेल CGMRAF8LAI ले घरेलु पकाइ प्रविधिलाई नयाँ युगमा प्रवेश गराएको कम्पनीले जनाएको छ ।

CGMRAF8LAI नेपालको पहिलो एयर फ्रायर हो । कम्पनीका अनुसार यसको पावर १८०० वाट र क्षमता ८ लिटरको छ । यो नेपालमा पहिलो पटक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता प्रविधि Internet of Things संयोजन भएको एयर फ्रायर हो जसमा भित्रै जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरहरू मार्फत प्रणालीले खानाको प्रकार र तौल पत्ता लगाउने क्षमता राख्छ ।

त्यसको विश्लेषणका आधारमा, एयर फ्रायरले आवश्यक तापक्रम र पकाइ समयलाई स्वतः समायोजन गर्ने, जसले हरेक पटक उत्तम र सटीक परिणाम
सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

साथै, यस उपकरणलाई CG Smart Home App मार्फत रिमोट कन्ट्रोल गर्न सकिन्छ । प्रयोगकर्ताले आफ्नो स्मार्टफोनबाट नै पकाइ मोड, तापक्रम र समय सेट गर्न सक्ने आधुनिक सुविधा प्राप्त गर्नेछन् ।

CGMRAF8LAI AI एयर फ्रायर का मुख्य विशेषताहरू:

Smart AI Cooking:

२५ स्वचालित मेनु सहितको AI प्रणालीले पकाइको समय र तापक्रम स्वतः समायोजन गरी प्रत्येक पटक उत्कृष्ट परिणाम सुनिश्चित गर्छ ।

Smart Water & Oil Spray Function:

खानाको बाहिरी र भित्री भागलाई समान रूपमा कुरकुरे र स्वादिष्ट बनाउने नवीन स्प्रे प्रविधि ।

Large Capacity Non-Stick Basket (८ लिटर):

८ लिटर ठुलो परिवार वा धेरै परिकारहरूका लागि उपयुक्त विशाल क्षमताको बास्केट ।

Versatile Cooking Options:

फ्राइ, ग्रिल, रोस्ट वा बेक — एकै उपकरणमा विविध पकाइ विकल्पहरू ।

Adjustable Temperature Control:

८०°C देखि २००°C सम्मको तापक्रम नियन्त्रण — सटीक र लचक पकाइको लागि ।

Rapid Air Flow Technology:

तेल बिना नै कुरकुरे स्वाद — सबै दिशाबाट समान रूपमा पकाउने प्रविधि ।

See-Through Window:

पकाइको अवस्थालाई सजिलै नियाल्न सकिने पारदर्शी झ्याल सुविधा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eighteen =