ससंदीय समितिद्वारा अध्यागमन विभागको अवलोकन

काठमाडौँ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमन विभाग तथा कार्यालयको अवलोकन गरेको छ ।

बिहीबार समितिले विभाग तथा कार्यालयको अवलोकन गरेको हो ।

विभागको अवलोकनपछि विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन प्रशासनको काम, कारबाही र अधिकारबारे समिति सदस्यहरूलाई जानकारी गराए ।

विभागले विदेशी नागरिकलाई आवागमन अनुमति दिने भएपनि नेपाल रहँदा उसले गर्ने गतिविधिको निगरानी गर्ने क्षमता अध्यागमनसँग नरहेको पनि बताए । उनले विदेशी नागरिकको निगरानीको सवालमा राज्यको कुनैपनि निकायमा छलफलको विषय नभएको उनको भनाइ छ ।

उनले नेपाली नागरिकलाई विदेश भ्रमणमा कडाइ गर्ने तर विदेशी नागरिक जस्तो भएपनि नेपाल प्रवेश गर्ने कुरामा कुनै रोकतोक नगर्ने कुरामा राज्यतर्फबाटै स्वीकारोक्ति रहेको बताए । उनले अध्यागमनलाई थप प्रभावकारी काम गर्न सक्षम बनाउनेगरी क्षमता विकासका लागि पहल गरिदिन समितिलाई आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =