जेनजी पुस्ता राजनीतिक सुझबुझका साथ आउन सक्नुपर्छ: भावना राउत

काठमाडौँ । जेनजी अभियन्ता भावना राउतले निर्वाचनले मात्रै मुलुकको गतिरोध अन्त्य गर्नसक्ने बताएका छन् ।

नेपाल कानुन समाजले मंगलवार काठमाडौँमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका छन् ।

अभियन्ता राउतले संविधानको रक्षा गर्दै मुलुकलाई अघि बढाउनुपर्नेमा पनि आफू दृढ रहेको बताए । यो संविधानमा उल्लेख गरिएको संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र आफूले अनुसरण गरेर अघि बढ्ने उनको भनाई थियो । अभियन्ता राउतले जेनजी पुस्ताले पनि मुलुकलाई निकास दिनका लागि राजनीतिक सुझबुझ देखाउनुपर्ने बेला आएको बताए ।

उनले भने ‘यो चुनाव सोलुसन होइन भन्दा गर्दा लोकतन्त्रको डेडलकमा गएर कहाँ हिट गर्ने भन्ने कुरा अलिकति हामीपनि राजनीतिक भाषा बोल्न सुझबुझका साथ आउनुपर्छ जस्तो लाग्छ । मुलुकलाई डेडलकबाट निकाल्न सक्ने एउटा मात्रै अवस्था भनेको चुनाव हो । संविधान बनाउँदाखेरि संविधान सभाबाट पारित संविधान हो यो हाम्रो । यो संविधानलाई यत्तिकै छुन पाइँदैन । म यो संविधान मान्छु, संघीयता मान्छु । धर्मनिरपेक्षता पनि मान्छु । म लोकतन्त्र पनि मान्छु । यति भन्दैगर्दा संविधान रिफर्म हुनुहुन्न भनेको होइन । संविधान रिफर्म गर्नका लागि विगत १० वर्षमा भएका गल्ती एउटा आयोग बनाएर जुन जननिर्वाचित संसद आउँछ । त्यो संसदको पहिलो काम नै संविधान संशोधन गर्ने एजेण्डासहित उनीहरू निर्वाचनमा जानुपर्छ ।’

अभियन्ता राउतले आगामी निर्वाचनपछि बन्ने प्रतिनिधि सभाले संविधान संशोधनको मुद्दालाई पहिलो प्राथमिकतामा राख्नेगरी निर्वाचनको एजेण्डा बनाएर अघि बढ्नुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =