राष्ट्रपतिसमक्ष प्रदेश प्रमुख कर्णले लिए शपथ
२०८२ कार्तिक २५ गते

काठमाडौँ । मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मंगलवार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
सरकारले सुमित्रा भण्डारीलाई प्रदेशमा असंवैधानिक काम गरेको आरोप लगाउँदै सोमवार बसेको मन्त्रीपरिषद् बैठकले बर्खास्त गरेको थियो । साथै मन्त्रीपरिषद्को बैठकले सोमवार नै कर्णलाई नियुक्त गरेको थियो ।
कर्णले राष्ट्रपति पौडेलसँग मंगलवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको छ ।
२०८२ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित








