सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी Buds3 FE , मुल्य १९,९९९ !

काठमाडौं  । सामसङ नेपालले आफ्ना नयाँ ट्रू–वायरलेस इयरबड्स ग्यालेक्सी Buds3 FE नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ ।

आकर्षक “ब्लेड” डिजाइन र नवीनतम ग्यालेक्सी AI एकीकरणसहित आएको यो इयरबड्सले फ्ल्यागशिप स्तरका अडियो सुविधाहरू अब अझ धेरै प्रयोगकर्तासम्म पुर्‍याउने दाबी गरिएको छ ।

कम्पनीका अनुसार, Buds3 FE लाई उत्कृष्ट मूल्यमा शक्तिशाली ध्वनि र परिष्कृत अनुभव प्रदान गर्न इन्जिनियर गरिएको हो । यसमा ठूलो स्पिकर, उन्नत Active Noise Cancelling (ANC) र मेसिन लर्निङ प्रविधिबाट समर्थित क्रिस्टल क्लियर कल टेक्नोलोजी जस्ता सुविधा समावेश छन्, जसले भीडभाड वा शोरयुक्त वातावरणमा पनि स्पष्ट आवाज सुनिश्चित गर्छ ।

ग्यालेक्सी इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुने Buds3 FE ले Auto Switch फिचरमार्फत ग्यालेक्सी उपकरणहरू बीच छिटो रूपान्तरण गर्न सक्नेछ । साथै, एप–रहित नियन्त्रण र तीव्र कनेक्टिभिटीका कारण प्रयोगकर्ताले संगीत सुन्दा, कल गर्दा वा यात्रा गर्दा पनि सधैं जोडिएका र नियन्त्रणमा रहन सक्ने बताइएको छ ।

सामसङ नेपालका MX डिभिजनका डाइरेक्टर प्रणय रत्न स्थापितले भने,“ग्यालेक्सी Buds3 FE मार्फत हामी ग्यालेक्सी AI र स्मार्ट अडियोको शक्ति अझ बढी प्रयोगकर्तासम्म पुर्‍याउँदैछौं, आकर्षक डिजाइन र पहुँचयोग्य मूल्यमा। यो बिना सम्झौता सुन्ने, अन्तरक्रिया गर्ने र अनुभव गर्ने स्वतन्त्रता प्रदान गर्नका लागि हो।”

ग्यालेक्सी Buds3 FE अहिले देशभरका अधिकृत सामसङ खुद्रा स्टोरहरूमा रु. १९,९९९ मा उपलब्ध छ । साथै, Samsung Insta Finance मार्फत Hulas Finserve Hire Purchase Ltd. द्वारा ०% ब्याजदरमा सजिलो EMI सुविधासहित खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =