अभ्यासका क्रममा बल लाग्दा १७ वर्षीय अस्ट्रेलियाली क्रिकेटरको मृत्यु

मेलबर्न । क्रिकेटको मैदानमा भविष्यका सपना बुन्दै गरेका एक १७ वर्षीय युवा क्रिकेटर बेन अस्टिनको मेलबर्नमा प्रशिक्षणका क्रममा भएको दुर्घटनामा निधन भएको छ । 

बेनलाई मंगलबार नेटमा स्वचालित बलिङ मेसिनबाट आएको बलले टाउको र घाँटीमा लागेको थियो । यद्यपि उनले हेलमेट लगाएको विश्वास गरिएको छ, तर बलको तीब्र गतिले गर्दा उनी गम्भीर घाइते भए । तत्काल अस्पताल पुर्‍याइए पनि उनलाई लाइफ सपोर्टमा राखिएको थियो । तर, बुधबार उनले संसार छोडेको बीबीसीले पुष्टि गरेको छ ।

बेनको क्रिकेट क्लबले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बेन एक प्रतिभाशाली र लोकप्रिय खेलाडी थिए जसले मैदान भित्र र बाहिर सबैको मन जितेका थिए । उनको निधनले हामी सबै स्तब्ध छौं । यस दुःखद घडीमा हामी उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =