सुनको मूल्यमा कीर्तिमानी उछाल, कतिमा हुँदैछ किनबेच ?
२०८२ असोज २९ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ इतिहास रचेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आज छापावाला सुन प्रति तोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिन मंगलबारको २ लाख ४८ हजार ५ सय रुपैयाँ भन्दा ४ सय रुपैयाँले बढी हो ।
यता, सुनको मूल्य आकाशिएको बेला चाँदीको मूल्यमा भने गिरावट आएको छ । मंगलबार प्रति तोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २४० रुपैयाँमा झरेको छ । यो ८५ रुपैयाँको गिरावटले चाँदी खरिदकर्तालाई केही राहत मिलेको छ ।
महासंघका अनुसार, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख १३ हजार ३९० रुपैयाँ कायम भएको छ, भने प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७७८ रुपैयाँ रहेको छ ।
२०८२ असोज २९ गते
प्रतिक्रिया
सम्बन्धित








