एकैदिन ८ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ भने चाँदीले पनि नयाँ उचाइ छोएको छ ।

आज छापावाला सुन प्रति तोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको तुलनामा ८ हजार १ सय रुपैयाँले बढी हो । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ४० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो । यो एकै दिनमा भएको सबैभन्दा ठूलो वृद्धिमध्ये एक हो ।

यसैगरी, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। सोमबार प्रति तोला ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार आज प्रति १० ग्राम सुनको मूल्य २ लाख १३ हजार ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८ सय ५० रुपैयाँ ५० पैसा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 9 =