मनसुनको बहिर्गमनसँगै मौसम सफा, पूर्वी नेपालमा हल्का वर्षाको सम्भावना

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बाहिरिएको छ । शुक्रबारदेखि औपचारिक रूपमा मनसुन बहिर्गमन भए पनि यसको सामान्य प्रभाव अझै केही स्थानमा देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले अधिकांश भू–भागमा मौसम सफा रहनेछ। यद्यपि, पूर्वी नेपालका थोरै स्थानमा भने हल्का वर्षाको सम्भावना कायमै छ ।

आजको मौसम पूर्वानुमान:

  • दिउँसो: कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा भने मुख्यतया मौसम सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

  • राति: कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 15 =