शितलनिवासमा सर्वदलीय बैठक सुरु : दोस्रो तहका नेता उपस्थित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बसेको सर्वदलीय बैठक शुरु भएको छ ।

शुक्रवार अपरान्ह शितल निवासमा बसेको सर्वदलीय बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे छलफल भएको हो ।

बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत संसद विघटन हुनुअघिको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका दोस्रो चरणमा नेताहरू सहभागी छन् ।

नेपाली काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायतका नेताहरू उपस्थित छन् ।

जेन—जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको आग्रहमा राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

अन्तरिम सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको छ । तर नेकपा एमालेले संसद पुनः स्थापना गर्नुपर्ने माग राखेको छ भने नेपाली काँग्रेस पनि त्यसमा सहमत छ । बैठकमा राजनीतिक दलका शीर्ष नेताहरू भने उपस्थित छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =