पूर्वप्रधानमन्त्रीसहित नेताहरूको राहदानी रोक्कामा कांग्रेसको विरोध

काठमाडौँ । नेपाली कांग्रेसले अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच शीर्ष नेताको राहदानी रोक्का गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन र प्रतिशोधपूर्ण राजनीति नगर्न चेतावनी दिएका हुन् ।

सरकारद्वारा गठित जाँचबुझ आयोगको सिफारिसमा भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित भन्दै पूर्वप्रधानमन्त्रीसहित पाँच नेताहरूको राहदानी रोक्का गरिएको थियो । साथै, अनुमति बिना उपत्यकाबाहिर जान समेत नपाउने गरी सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले यस्ता कार्य लोकतान्त्रिक अभ्यास विपरीत भएको दाबी गर्दै निष्पक्ष छानबिनका नाममा दलहरूलाई लक्षित गर्ने प्रयास नहोस् भनी सरकारलाई सचेत गराएको छ । विज्ञप्तिमा संवैधानिक मर्यादा र नागरिकको मौलिक हकको सम्मान गर्न आग्रह गरिएको छ ।

नेपाली कांग्रेसले घटनाको निष्पक्ष छानबिन हुनुुपर्ने माग गर्दै तथापि त्यसको नाममा राजनीतिक प्रतिशोधको मार्ग नअपनाउन चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =