गतिलो टिम बनाउन व्यस्त छु, मलाई फोन-मेसेज नगर्नू : महावीर पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई केही दिनका लागि अनावश्यक फोन तथा मेसेज नगर्न सरोकारवाला सबैमा अपिल गरेका छन् । मन्त्री पुनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत आफू यतिखेर मन्त्रालयमा एउटा सशक्त र सिर्जनशील टिम निर्माणमा व्यस्त रहेको जानकारी गराउँदै उनले फोन तथा मेसेज नगर्न सरोकारवाला सबैमा अपिल गरेका हुन् ।

उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘अनुरोध – अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सएपमा हजारौँ कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु । त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनुहोला । धन्यवाद ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =