काठमाडौंका मुख्य बजारमा दशैंको रौनक (तस्बिरहरु)

काठमाडौं । दशैं नजिकिँदै जाँदा राजधानीका मुख्य बजारहरूमा किनमेल गर्ने ग्राहकहरूको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको छ । असन, इन्द्रचोक, न्युरोड, भृकुटीमण्डप लगायतका व्यापारिक क्षेत्रहरूमा दैनिक भीडभाड बढ्दै गएको छ ।

दशैंलाई लक्षित गर्दै व्यापार व्यवसायमा पनि तिव्रता देखिएको छ । नयाँ लुगा, जुत्ता, घरेलु सामग्रीदेखि लिएर खाद्यान्न र मासुजन्य वस्तुहरू किन्ने उपभोक्ताको चापले बजारमा दशैंको रौनक झल्किन थालेको हो ।

दशैं नजिकिँदै जाँदा राजधानी मात्र होइन, देशभरका मुख्य बजारहरूमा पनि यस्तै चहलपहल देखिने अनुमान गरिएको छ । सुरक्षा निकायले समेत भीडभाड हुने क्षेत्रहरूमा निगरानी बढाएको जनाएको छ ।

दशैं नेपालीहरूको सबैभन्दा ठूलो चाड भएकाले यसको तयारी देशैभर भइरहेको छ । राजधानीमा चाडपर्वको रौनक थपिने क्रम जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =