जेन-जी आन्दोलनमा घाईते भएका ३५ जनाको निजामति कर्मचारी अस्पतालमा शल्यक्रिया

काठमाडौं । बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा जेन जी आन्दोलनमा क्रममा घाईते भएका ३५ जनाको शल्यक्रिया गरिएको छ ।

अस्पतालका प्रशासकिय अधिकृत रञ्जना नेपालका अनुसार अस्पतालमा आएका ४ सय ३६ जनामध्ये ४८ जनको भर्ना गरिएको थियो । सोमध्ये ३५ जनाको शल्यक्रिया गरिएको हो ।

उनकाअनुसार उपचारको लागी ४४ जनालाई अन्य अस्पचालमा रिफर गरिएको छ । सामान्य उपचारपछि ३ सय ४४ जनालाई डिस्चार्ज गरिएको उनले जानकारी दिए ।

उनकाअनुसार उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ । सोमवार ३ जना र मंगलवार ३ जना गरि ६ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

मृत्यु हुनेहरुको शव पोष्ट मार्टमको लागी टिचिङ अस्पताल महाराजगञ्ज पठाएको उनले बताए ।

हाल अस्पतालमा बिरामी उपचार गर्न आवश्यक जनशक्ति र व्लड पर्याप्त रहेका पनि उनले जानकारी दिए ।

उनले जेनजी आन्दोलनका क्रममा मंगलबार अस्पतालभित्र समेत असुरग्यासहरु प्रहार गरिएको जानकारी दिए । अश्रुग्यास प्रहारसंगै अस्पताल भित्र पसेर सुरक्षाकर्मीहरुले लाठी चार्ज गरेको उनले बताए ।

लाठी चार्जबाट एक जना चिकित्सक घाईते भएको उनको भनाई छ । आन्दोलनकारीहरुलाई अस्पतालभित्र छिर्न दिएको आरोपमा लाठी चार्ज भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =