कर्फ्यु आदेशले जेनजी प्रदर्शनकारी तितरबितर

काठमाडौं । संसद भवन परिसरमा झडप चर्किएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु आदेशपछि जेनजी आन्दोलनका प्रदर्शनकारीहरू तितरबितर हुन थालेका छन् ।

सुरुवातमा माइतीघरबाट शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन बानेश्वर पुगेर निषेधित क्षेत्र तोड्दै संसद भवनसम्म पुगेको थियो ।

अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रदर्शनकारी संसद भवन परिसरभित्रै छिरेका थिए । त्यसपछि प्रशासनले तुरुन्तै कर्फ्यु आदेश जारी गरेको हो ।

हाल प्रदर्शनकारीहरू रत्नराज्य स्कुल, थापाथली, र मीनभवन क्याम्पस क्षेत्रतर्फ सर्न थालेका छन् । सुरक्षाकर्मीहरूले ती क्षेत्रहरूमा पनि निगरानी कडा बनाएका छन् ।

प्रदर्शनकारीले संसद भवनको २ नम्बर गेटमा आगो लगाएका थिए, जसले अवस्था थप जटिल बनाएको छ । स्थिति नियन्त्रणमा लिनका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =