जेन जी नेपालले भन्यो– आन्दोलनमा घुसपैठ भयो, सबै जना घर फर्कनु

काठमाडौँ । सबै जेन जी प्रदर्शनकारीहरूलाई तत्कालै घर फर्किन आह्वान गरिएको छ ।

प्रदर्शन अशान्तिपूर्ण भएपछि जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो ।

उक्त पेजको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरूले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =