एमालेको काँधमा ठूलो जिम्मेवारी छ, म तपाईंहरुकै साथमा छु : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गरेकी छन् ।

शुक्रवारबाट ललितपुरको गोदावरीमा शुरु भएको दोश्रो विधान अधिवेशनमा सहभागी हुन वञ्चित गराइएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले शुभकामान सन्देश दिँदै चिठी अध्ययन गर्न आग्रह गरेकी हुन् ।

नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो । बिहीवार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रिय कमिटीको अधिकारक्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण नभएको अवस्थामा विधान अधिवेसनमा एजेण्डा पनि बन्न नसक्ने बताएको थियो ।

पार्टीको सचिवालय बैठकले अधिवेशनमा जान रोकेपछि न्युज एजेन्सी नेपालमार्फत भिडियो सन्देश दिँदै भण्डारीले प्रतिनिधिहरुलाई सफलताको शुभकामना व्यक्त गरिन् । एमाले र आफ्नो उद्देश्य एउटै भएकाले सबैले मिलेर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नुपर्ने बताइन् ।

विधान महाधिवेशनमा उपस्थित हुने पार्टीका सदस्यहरुको उपयुक्त सुझाव र सल्लाह पाउने आशा व्यक्त गरिन् । एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक, सांगठनात्मक रुपमा एकसाथ भएर अघि बढ्न सुझाव दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =