रास्वपाका उम्मेदवार लेखजङ्ग थापा पत्रकार सम्मेलन गर्दै
२०८२ भदौ १६ गते

काठमाडौँ । रुपन्देही क्षेत्र नं ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लेखजङ्ग थापाले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
पत्रकार सम्मेलन आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
थापाले आगामी उपनिर्वाचनसँग सम्बन्धित रणनीति, एजेण्डा र अभियानबारे सार्वजनिक रूपमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
रास्वपाका केन्द्रीय नेताहरूको समेत उपस्थिति रहने सो कार्यक्रममा उम्मेदवार थापाले आफ्नो चुनावी दृष्टिकोण प्रस्तुत गर्ने बताइएको छ ।
आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले थापालाई उम्मेदवार बनाएको हो ।
रास्वपाले उनलाई उम्मेदवार घोषणा गरे लगत्तै सामाजिक सञ्जालमा उनले बहुविवाह गरेको भन्दै आलोचना सुरु भएको छ ।
२०८२ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित








