फेकनका पूर्व अध्यक्ष तथा नेकाका उपाध्यक्षसहित दर्जनौँ इक्यानमा प्रवेश

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) आज आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ ।

राजधानीको याडिसन होटेलमा एक विशेष समारोहको आयोजना गरेर इक्यानले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा इक्यानसँग विगतमा आबद्ध रहिसकेका तथा अन्य संस्थाबाट दजनौँ व्यक्तिहरु इक्यानमा प्रवेश गरेका छन् ।

इक्यानमा प्रवेश गर्नेहरूमा फेकनका पूर्व अध्यक्ष वसुदेव नेपाल, नेकाका पूर्व उपाध्यक्ष ज्ञानेन्द्र मान जोशी र पूर्व महासचिव राकेश श्रेष्ठ रहेका छन् ।

यस्तै पूर्व इक्यान सदस्य भद्रबहादुर राई र पूर्व इक्यान सदस्य कृष्णनाथ शर्मा लगायत इक्यानमा पुनः प्रवेश गरेका छन् । इक्यानमा प्रवेश गरेकाहरुलाई कार्यक्रममै विशेष सम्मान गरिएको छ ।

उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई विश्वसनीय र गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आइरहेका शैक्षिक कन्सल्टेन्सीहरूको छाता सङ्गठनका रूपमा इक्यानले विगत २८ वर्षदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

इक्यानका अध्यक्ष शेषराज भट्टराईले स्थापना दिवसको अवसरमा सम्पूर्ण सदस्यहरू, शिक्षाविद्हरू, विदेशी विश्वविद्यालयका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र सम्बन्धित सबैमा हार्दिक आभार तथा शुभकामना व्यक्त गरेका छन् ।

उनले इक्यानले शैक्षिक परामर्शको क्षेत्रमा नैतिकता, पारदर्शिता र गुणस्तर कायम राख्न निरन्तर प्रयास गर्दै आएको बताए ।

कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका चुनौती र अवसरहरूबारे छलफल गरिनुका साथै आगामी दिनमा यस क्षेत्रलाई थप मर्यादित र प्रभावकारी बनाउने विषयमा विचार विमर्श गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =