एनआईसी एशिया बैंकका ग्राहकलाई Landmark Hotels and Resorts मा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब Landmark Hotels and Resorts मा विशेष छुट सुविधा पाउने भएका छन् ।

बैंक र उक्त होटल तथा रिसोर्ट्स समूहबीच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै ग्राहकहरूले डिजिटल भुक्तानीमार्फत सेवा लिँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन् ।

सम्झौताअनुसार ग्राहकहरूले Landmark Resorts अन्तर्गत सञ्चालनमा रहेका पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनका होटल तथा रिसोर्टहरूमा छुट पाउनेछन् ।

बैंकका अनुसार, खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ । ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा MoBank एपमार्फत भुक्तानी गरेपछि छुट सुविधा प्राप्त हुने व्यवस्था गरिएको छ ।

एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले छुट सुविधा ग्राहकका लागि मात्र नभई डिजिटल भुक्तानी प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।  बैंकले यस प्रकारका सहकार्य विस्तार गर्दै जाने समेत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 17 =