नेपाल एसबिआई बैंकका ग्राहकलाई होटल तथा स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताका लागि होटल तथा दन्त उपचार सेवामा विशेष छुट प्रदान गर्न विभिन्न संस्था र व्यवसायसँग सहकार्य गरेको छ ।
बैंकले रामदा एनकोर काठमाडौंसँगको सहकार्यमा आफ्ना सम्पूर्ण डेबिट कार्ड प्रयोगकर्तालाई खाना, पेय पदार्थ तथा आवास सुविधामा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । त्यस्तैगरी, होलिडे इन रिसोर्ट काठमाडौंसँगको सम्झौतामार्फत डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
स्वास्थ्य सेवा क्षेत्रमा पनि बैंकले विशेष छुटको व्यवस्था गरेको छ । हिमाल डेन्टल हस्पिटल तथा इन्स्टिच्युट अफ डेन्टल साइन्ससँगको सहकार्यमा डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
यी सम्झौतापत्रहरू बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, रामदा एनकोर काठमाडौंकी निर्देशक (बिक्री) सीता रायमाझी, होलिडे इन रिसोर्ट काठमाडौंका निर्देशक (बिक्री) बिख्यात विक्रम राणा, र हिमाल डेन्टल हस्पिटलका प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्टबीच आदानप्रदान भएको हो ।
सम्झौता आदानप्रदान कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत प्रबिन मुनि बज्राचार्य, होटल तथा हस्पिटलका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
३२ वर्षदेखि नेपाली जनतालाई सेवा प्रदान गर्दै आएको नेपाल एसबिआई बैंक हाल देशभर १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको छ ।








