एससिटी-युनियनपे कार्डबाट मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले जारी गर्दै आएको SCT-UnionPay कार्डबाट अब नेपालमा सञ्चालन हुँदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने भएको छ ।
कार्डबाट वालेट लोड गर्न मिल्ने सुविधा रहेको सबै मोबाइल वालेटहरू, जस्तै इसेवा, खल्ती, हाम्रो पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो SCT-UnionPay कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुविधा जारी भएको हो ।
नबिल बैंकको इलेकट्रोनिक पेमेन्ट गेटवेमा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनहरूबाट ग्राहकहरूले यो सुविधा लिन सक्ने कम्पनीले जानकारी दिएको छ । यस सुविधाले ग्राहकहरूलाई आफ्नो SCT-UnionPay कार्डबाट POS मा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ–कमर्स भुक्तानी, एरलाइन टिकट खरिद, आदि पनि गर्न अझ सरल हुने बताइएको छ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT- UnionPay कार्ड जारी गर्दै आइरहेको छ । SCT–UnionPay डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले सजिलै SCT का उल्लेखित सदस्य बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सक्नेछन् ।








