प्रशासनिक पुनःसंरचनाले सेवा प्रभावित हुँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारले गरेको प्रशासनिक पुनःसंरचनाले नागरिकलाई दिइने सेवा प्रभावित नहुने बताएका छन् ।

आज गण्डकी प्रदेशसभाको विशेष समयमा बोल्दै उनले अहिले जिल्लाबाट सेवा दिइरहेका कुनै पनि कार्यालय खारेज नहुने तर केही कार्यालयले एकीकृत रूपमा सेवा दिने बताएका हुन् ।

“प्रशासनिक पुनःसंरचना गर्दा कुनै पनि सेवा कटौती हुँदैन”, मुख्यमन्त्री पाण्डेले भने, “प्रशासनिक खर्च कटौती र मितव्ययिताका लागि सात निर्देशनालय र दुई केन्द्र खारेज गरिएको हो ।”

प्रशासनिक पुनःसंरचनाका लागि गठित अध्ययन कार्यदलले दिएको सुझाव अनुसार औचित्यका आधारमा केही कार्यालय र दरबन्दी कटौती गर्ने निर्णय गरिएको उनले बताए ।

कार्यदलको प्रतिवेदनअनुसार पुनःसंरचनाका बाँकी काम अगाडि बढाइने उनको भनाइ छ । सोही अवसरमा मुख्यमन्त्री पाण्डेले गत साउन ६ देखि १२ सम्म आफूले गरेको तिब्बत भ्रमणमा कोरला नाका नियमित सञ्चालनका लागि चिनियाँ पक्षसँग कुराकानी भएको जानकारी दिए ।

उनले पोखरादेखि चीनका विभिन्न सहरमा नियमित उडानका लागि पहल गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =