५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन्

काठमाडौं । देशभरका ५९ वटा स्थानीय तहरुले संवैधानिक व्यवस्थाअनुसार समयमा नै बजेट ल्याउन नसकेको पाइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन सहसचिव प्रकाश दाहालले संवैधानिक व्यवस्थाअनुसार ती स्थानिय तहहरुले चालु आर्थिक वर्षको लागी बजेट ल्याउन नसकेका हुन् ।

आईतवार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

बजेट ल्याउन नसक्ने ५९ मध्ये ३२ वटा स्थानिय तह मधेश प्रदेशका रहेको सहसचिव दाहालले जानकारी दिए । बारा, पर्सा, रौतहट र सर्लाहीका मात्रै १५ वटा स्थानिय तहहरु रहेका छन् ।

बजेट ल्याउन नसकेका चार जिल्लाका १५ वटा स्थानिय तहमा मन्त्रालयका कर्मचारी नै खटिएर बजेट ल्याउन सहजीकरण गरिएको समेत उनले जानकारी दिए ।

तीमध्ये ७ वटा स्थानिय तहले चालू आर्थिक वर्षको लागी बजेट ल्याएको जानकारी गराएको र बाँकी स्थानिय तहले भदौ १० भित्र गाउँ/नगर सभामा बजेट पेश गर्ने तयारी गरिरहेको जानकारी आएको उनले बताए ।

पत्रकार सम्मेलनमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री न्यौपानेले एक महिनामा गरेका ९ वटा क्षेत्रका नीतिगत सुधारका बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + five =