एनआईसी एसिया बैंकका ग्राहकहरूलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

काठमाडौँ । एनआईसी एसिया बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच सम्झौता भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले काठमाडौँमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस बैंकका ग्राहकहरूले In house Pathology, Outsourcing Test, Radiology, Ambulance, General Bed Charge, ICU / Surgery Charge सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त अस्पतालसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।








