स्मार्ट च्वाईस टेक्नोलोजिजको २४औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले २९ श्रावण २०८२ मा
आफ्नो २४औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

उक्त वार्षिकोत्सवमा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, मनोज घिमिरेले संस्थाले विगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बारे प्रस्ट पारे । विशेष गरी संस्थाले दिँदै आएका कार्ड सेवा सेवा (SCT-UnionPay कार्ड, VISA कार्ड, NepalPay कार्ड, आदि), मोबाइल बैंकिङ्ग सेवा (Smart Banking), अन्तर बैंक भुक्तानी सेवा (Smart Pay), क्युआर भुक्तानी सेवा (Smart QR) र मर्चेन्ट व्यवस्थापन सेवा (Smart MMS) मा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गरे ।

वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नवीनतम सेवाहरू Smart QR Soundbox र SCT Hub का बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गरे ।

Smart QR Soundbox स्मार्ट च्वाइस टेक्नोलोजिजको नविन सेवा रहेको छ, जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू Smart QR Soundbox मार्फत सुन्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार Smart QR Soundbox लाई मर्चेन्टहरूले आफ्नो Wi-Fi सँग लिङ्क गरेर वा Smart QR Soundbox मै आफ्नो सिम कार्ड राखेर नेटवर्क सँग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी विवरणहरू Smart QR Soundbox  मार्फत विभिन्न भाषामा सुन्न सक्नेछन् ।

SCT ले ल्याएको यस नवीनतम सेवामा भुक्तानी हुने बित्तिकै आफ्नो खातामा ग्राहकबाट जम्मा भएको रकमबारे Smart QR Soundbox मार्फत जानकारी हुन्छ । साथै SCT Hub स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नवीनतम प्रविधि हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटिएम व्यवस्थापन कार्ड व्यवस्थापन विवाद व्यवस्थापन सतर्कता व्यवस्थापन प्रयोगकर्ता व्यवस्थापन लगायताका विभिन्न सेवाहरू एकै ठाउँबाट प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =