प्रभु बैंक र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर बीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.ली. बीच व्यावसायिक साझेदारीको लागि एक कार्यक्रमका बिच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
हिजो भदौ २९ गते एक समारोहका बीच मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.ली. का तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत –एन.बि.सि.ओ., राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा।ली।मा उपलब्ध विभिन्न सेवाहरूमा १० प्रतिशत देखी २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
विशेष गरी, बैंकका कर्मचारी तथा ग्राहकहरूलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ ।








