डिशहोम र पोखराको लेक साइड रिट्रिटबीच विशेष सुविधा सम्झौता

काठमाडौँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा व्यवस्थापित) सँग नयाँ साझेदारी घोषणा गरेको छ ।

जसअन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले विशेष छुटको सुविधा पाउनेछन्।

यस साझेदारीमार्फत ग्राहकहरूले निम्न सुविधाहरू पाउनेछन् :

  •  आवासमा १५ प्रतिशत छुट
  • फुड एण्ड बेभरेजमा १५ प्रतिशत छुट
    यो छुट प्राप्त गर्न, ग्राहकहरूले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिट, पोखरामा देखाउनुपर्नेछ ।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका

  • माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्ने,
  • दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्ने,
  • होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गर्ने,
  • लेक साइड रिट्रिट, पोखरा भ्रमण गरी आफ्नो भर्चुअल प्रिभिलेज कार्ड देखाएर छुट पाउन सकिनेछ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + ten =