डिशहोम र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, ग्राहकलाई प्रिभिलेज कार्डमार्फत विशेष छुट

काठमाडौं । देशभरका ग्राहकहरूलाई थप मूल्य र अनुभव प्रदान गर्ने उद्देश्यसहित, डिशहोमले नेपालको प्रतिष्ठित हस्पिटालिटी समूह सिद्धार्थ हस्पिटालिटीसँग औपचारिक सहकार्य गर्दै आफ्ना सक्रिय ग्राहकहरूका लागि ‘भर्चुअल प्रिभिलेज कार्ड’ मार्फत विशेष छुट सुविधा घोषणा गरेको छ ।

यस सम्झौताअनुसार, डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका होटल, रिसोर्ट, रेस्टुरेन्ट र क्याफेहरूमा आवास सेवामा २०% छुट तथा फुड एण्ड बेभरेजमा १०% छुट पाउनेछन् ।

डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भने, “सिद्धार्थ हस्पिटालिटी नेपालको अग्रणी आतिथ्य सेवा प्रदायक हो, र यस सहकार्यले हाम्रो ग्राहकहरूलाई थप प्रिमियम सेवा अनुभव गराउने विश्वास लिएको छौं ।”

विशेष छुट पाइने स्थानहरूको सूची:

डिशहोम प्रिभिलेज कार्ड प्रयोग गरी निम्न स्थानहरूमा छुट पाउन सकिनेछ:

क्र.सं.स्थानक्र.सं.स्थान
सिद्धार्थ होटल न्यू आनन्द, महेन्द्रनगर१२सिद्धार्थ वाइल्डलाइफ रिट्रिट, मेघौली, चितवन
सिद्धार्थ होटल, टिकापुर, कैलाली१३सिद्धार्थ होटल, दमौली
सिद्धार्थ होटल, नेपालगञ्ज१४सिद्धार्थ रिभरसाइड रिसोर्ट, चुम्लिङटार, चितवन
सिद्धार्थ कटेज एण्ड होटल, बुटवल१५सिद्धार्थ कटेज रेस्टुरेन्ट, नेपालगञ्ज
सिद्धार्थ होटल वाटर टावर, नुवाकोट१६सिद्धार्थ कटेज रेस्टुरेन्ट, धोबीघाट
सिद्धार्थ होटल ग्राण्ड सिटी, बिर्तामोड१७सिद्धार्थ कटेज रेस्टुरेन्ट, पुरानो बानेश्वर
सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौं१८सिद्धार्थ कटेज रेस्टुरेन्ट, टिंकुने
सिद्धार्थ सनी रिसोर्ट, सुर्खेत१९सिद्धार्थ विलासा बनवास, सौराहा, चितवन
सिद्धार्थ रिसोर्ट, चिसापानी, कैलाली२०सिद्धार्थ कटेज योगिकुटी, बुटवल
१०सिद्धार्थ होटल, नारायणगढ२१सिद्धार्थ कटेज, धनगढी
११सिद्धार्थ विलासा, भैरहवा२२होटल सिद्धार्थ, सुन्धारा

कसरी छुट लिन सकिन्छ?

डिशहोमका सक्रिय ग्राहकहरूले ‘माइ डिशहोम एप’ मार्फत आफ्नो भर्चुअल प्रिभिलेज कार्ड हेर्न सक्नेछन्। सो कार्ड देखाएर उनीहरूले छुट सुविधा लिन सक्नेछन्।

डिशहोमको यो नयाँ कदमले ग्राहक अनुभवमा थप मूल्यवृद्धि गर्ने र देशभरका पर्यटकीय गन्तव्यमा उच्चस्तरीय सेवा लिन उत्साहित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =