बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिने छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान नगरिने बताएका छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लढेर आएका पार्टीहरूको सरकारले बहुविवाहलाई मान्यता दिने गरी कानून ल्याउन नसक्ने बताए । यसबारे सरकारलाई नै जानकारी नरहेको भन्दै यो कुनैपनि हालतमा अस्वीकार्य हुने बताए ।

उनले भने, ‘हल्लाहरू चल्ने गरेका छन्, जसको आधार छैन । एउटा विषय बहुतै सेन्सेटिभ भएर उठेको देखिन्छ । बहुविवाहलाई मान्यता दिने गरी कानून ल्याउने भयो सरकारले भनेर । सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लढेर आएका पार्टीहरूको सरकारले बहुविवाहलाई मान्यता दिने गरी कानून ल्याउँछ भन्ने ? कसरी भयो । हल्ला कसले चलायो । सरकारले थाहा पाएको छैन, मैले थाहा पाएको छैन । बहुविवाहलाई मान्यता दिने गरी कानून ल्याउन लागिएको छैन । बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिनेछैन ।’

प्रधानमन्त्री ओलीले एकताबद्ध भएर देशमा सुशासन र विकासको गतिलाई अघि बढाउन लाग्नुपर्ने बेला रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + sixteen =