एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्टमा विशेष छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा र बैंकबीच सम्झौता भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले यस रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा उक्त छुट सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको हो ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पासँगको यस सहकार्यले यस बैंकका ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seventeen =