पशुपतिमा काठमाडौं नेशनल मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले पशुपतिनाथ क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

साउनको अन्तिम सोमबारको अवसर पारेर मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

धार्मिक दर्शनका लागि आएका भक्तजनले शिविरमा स्वास्थ्य परीक्षण गराउनुका साथै विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा पनि लिएका छन् ।

स्वास्थ्य शिविरमा आएका बिरामीलाई अस्पतालको तर्फबाट निःशुल्क औषधि समेत वितरण गरिएको थियो । बिहानैदेखि सुरु भएको शिविरमा अस्पतालका विभिन्न विभागका विशेषज्ञ चिकित्सकले बेलुकीसम्म सेवा प्रदान गरेका थिए ।

अस्पतालका व्यवस्थापक दिलिप साहका अनुसार, शिविरमा गम्भीर स्वास्थ्य समस्या देखिएका केही बिरामीलाई थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको छ ।

शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि लिएर उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगसम्बन्धी परामर्श सेवासमेत प्रदान गरिएको थियो । भक्तजनहरूले धार्मिक यात्रा र स्वास्थ्य सेवा एकैसाथ पाएको अनुभव सुनाउँदै अस्पतालप्रति आभार व्यक्त गरेका छन् ।

काठमाडौं नेशनल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =