आशान्त शर्मा र मीरा खड्कासँग कुराकानी : ‘ताराहरू’ सबैले हेर्नै पर्ने चलचित्र !

काठमाडौँ । आगामी भदौ ६ गतेदेखि चलचित्र ‘ताराहरू’ देशभर प्रदर्शनको तयारीमा रहेको छ ।

यस चलचित्रलाई गोपिनी सेढाईँ र कृष्णप्रसाद पंगेनीले निर्माण गरेका हुन् भने अभिनेता आशान्त शर्माले निर्देशन गरेका हुन् ।

चलचित्रमा निर्देशक शर्मासँगै मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतले अभिनय गरेका छन् ।

मकालुखबरले चलचित्र ‘ताराहरू’ का निर्देशक शर्मा र अभिनेत्री मीरा खड्कासँग गरेको कुराकानीमा निर्देशक शर्माले ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित चलचित्र रहको बताए । उनले डार्क कमेडी शैलीमा मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको फिल्ममा मूल कथा श्रीमान् श्रीमतीको भए पनि यसमा किशोर किशोरीहरू समेत भएकाले यो सबै उमेर र वर्गका लागि स्वादिलो र हेर्न पर्ने प्रेरणादायी चलचित्र बनेको दाबी गरे ।

निर्देशक शर्माले मध्यम वर्गीय परिवारको व्यक्तिले आफ्नो सपना र आकांक्षा पूरा गर्ने प्रयासमा अवरोधहरूको सामना गर्न कसरी संघर्ष गर्छ र आफ्नै मानसिक अवधारणका कारण गलत निर्णय लिन पुग्ने अवस्थामा पुग्छ भन्ने कथा फिल्ममा रहेको बताए ।

त्यस्तै अभिनेत्री खड्काले भने चलचित्र ‘ताराहरू’ सबैले एकपटक हेर्नै पर्ने चलचित्र रहेको भन्दै सबै दर्शकलाई भदौ ६ गते सिनेमा हलमा चलचित्र हेर्न आग्रह गरिन् ।

हेर्नुहोस् निर्देशक शर्मा र अभिनेत्री खड्कासँग गरिएको कुराकानी :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 2 =