नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न

काठमाडौँ । ‘रिडिफाइनिङ सक्सेस’ भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेल स्थित होटल दुषित थानी हिमालयन रिसोर्टमा सम्पन्न गरेको छ ।

कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सोसम्मेलनमा विभागीय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले जीवन बीमा व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गैरहेको स्थितिमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्वलाई आत्मसात गरी तोकिएको व्यावसायिक लक्ष्य पुरा गर्ने सबै शाखाहरूलाई तथा सबैको सामूहिक प्रयासबाट उच्च व्यवसाय संकलन गर्न सफल भएकोमा सम्पूर्ण शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीहरूलाई बधाई ज्ञापन गरिन् ।

साथै आगामी दिनहरूमा पनि सबैको अधिकतम प्रयासले कम्पनीको उचाइलाई थप वृद्धि गर्ने विश्वास व्यक्त गरिन् ।

सम्मेलनमा सहभागी भएका कर्मचारीहरूलाई व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै चर्चित व्यक्तित्व अनिल केशरी शाहले नेतृत्व विकास सम्बन्धमा उत्प्रेरणा तालिम प्रदान गरेका थिए ।

यसै गरी नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण प्रदान गर्नु हुँदै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन आग्रह गरे ।

विभिन्न वित्तीय क्रियाकलापबाट यस्ता व्यक्तिहरूलाई चिन्न सकिने भएकोले वहाँहरूको वित्तीय क्रियाकलापलाई सूक्ष्म निगरानीमा राखी आफ्नो पेसालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता क्रियाकलाप रोक्न टेवा मिल्ने भएकोले राष्ट्रिय हितका लागि यस्ता कार्यलाई रोक्नु हामी सबैको कर्तव्य भएको बताए ।

सांगितिक प्रस्तुति तथा कर्मचारीहरू बिच टग अफ वार, फुटसल प्रतियोगिता जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको सो सम्मेलनमा आ.व. २०८१/८२ मा उत्कृष्ट ठहरिएका शाखा कार्यालयहरू लगायत वार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालयहरू र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरूलाई प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =