एनएमबि बैंकद्वारा गण्डकीको मानवसेवा आश्रममा सोलार सामग्री हस्तान्तरण
२०८२ साउन १९ गते

काठमाडौँ । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १,००० लिटरको सोलार साथै सोलार बत्तीहरू हस्तान्तरण गरेको छ ।
पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रम बीच उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले दीप प्रज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गरे ।
एनएमबि बैंकका प्रमुख विभाग अधिकृत गोविन्द घिमिरेले कार्यक्रमको अध्यक्षता गरेका थिए ।
२०८२ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित








