मुक्तिनाथ बैंकका ग्राहकहरूलाई ‘एमएन अस्पताल’ मा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले काठमाडौँको, वसुन्धरामा रहेको ‘एमएन अस्पताल’ सँग विशेष छुट गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।
यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले ‘एमएन अस्पताल’ बाट प्रदान हुने विभिन्न सेवाहरू जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी, आदिमा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस प्रकारको सहकार्यबाट ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र कफायती रूपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ । बैंकले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको हितमा यस्ता सेवामूलक साझेदारहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याउनुको साथै अन्तर्देशीय क्यूआर भुक्तानी सेवा पनि सञ्चालनमा ल्याएको छ । त्यसै गरी मोबाइल बैंकिङ्ग, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगायतका अन्य कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।








