सामसङ नेपालद्वारा ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा

काठमाडौँ । ग्लोबल अनप्याक्ड पश्चात, सामसङ नेपालले अत्याधुनिक ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ :  अल्ट्रा–पातलो, हलुका र इन्ट्युटिभ इंटेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्टफोनहरू साउन २२ गतेदेखि साउन २९ गते सम्म प्रि–अर्डर गर्न मिल्ने जनाएको छ।

ग्यालेक्सी जेड फोल्ड७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र ए।आइ प्रविधिलाई एकसाथ ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो डिभाइसले अल्ट्रा–स्मार्टफोनको रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्छ भने, खोल्ने बित्तिकै ठुलो र इमर्सिभ डिस्प्ले मार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्छ ।

ग्यालेक्सी जेड फ्लिप७ चाहिँ स्मार्ट ए.आइ फिचरहरूसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक भएको कम्पनीको दाबी छ । यो स्मार्टफोन सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम छ — फ्ल्यागशिप क्यामेरा, एज–टु–एज फ्लेक्सविन्डो, र आइकोनिक डिजाइनका साथ प्रयोगकर्ताको जीवनशैलीमा सहजता ल्याउने बताइएको छ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एम एक्स डिभिजन प्रमुख निर्देशक प्रणय रत्न स्थापितले भने ‘ग्यालेक्सी जेड फोल्ड७ ले फोल्डेबल स्मार्टफोनको विकासलाई पुनः परिभाषित गरेको छ। ग्यालेक्सी ए.आइ र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिन्छ।’

प्री–अर्डरको लागि दर्ता गरी रु ५,००० को अग्रिम भुक्तानी गरेपछि, ग्राहकहरूले OTP (One-Time Password) प्राप्त गर्नेछन्, जसको प्रयोग गरेर उनीहरूले स्टोरमा नयाँ फोन प्राप्त गर्दा आफ्नो खरिद प्रमाणित गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + five =