कजारियाको नयाँ शोरूम बनेपा, काभ्रेपलान्चोकमा उद्घाटन

काठमाडौँ । भारतीय टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै बनेपा, काभ्रेपलान्चोकमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ ।
बनेपा मार्भल प्यालेसद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यको उपस्थिति रहेको थियो। साथै, कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भूषण तिवारीको रहेको थियो ।
यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्त्वपूर्ण विस्तारको शुभारम्भ गरे ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शान्ति रत्न शाक्यले नयाँ शोरूमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरिन् ।
उनले भनिन् ‘कजारिया जस्तो प्रतिष्ठित ब्रान्ड बनेपामा आउनु हाम्रो सहरका लागि गर्वको कुरा हो। यस नयाँ शोरुमले हाम्रो क्षेत्रमा बढ्दो सम्भावनाको प्रतिबिम्ब देखाउँछ र स्थानीय समुदायको गुणस्तरीय पूर्वाधार तथा डिजाइन आवश्यकतामा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।’
बनेपाको प्रमुख क्षेत्र उग्रचण्डी पेट्रोल पम्प पछाडि अवस्थित यो नयाँ शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्ने बताइएको छ ।








